www.tandavnews.com
Fact ~ In search of truth

‘चौथो विरेन स्मृति १४ औं बि.टी कप’ सुरु, आयोजक निलोको विजयी सुरुवात

अर्जुन गाहा,
पोखरा /ताण्डव न्यूज ।

बुद्धटोल युवा क्लब बगरको आयोजनामा पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ ।

क्लबका सल्लाहकार स्व. विरेन गुरुङको स्मृतिमा आगामी २२ गते सम्पन्न हुनेगरि ‘वर्तमान आधुनिक समाजको स्वरुप, संरचना र सामाजिक ज्ञान, शिक्षा र स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारा सहित हिजो (आईतबार) देखि सुरु भएको हो ।

Batas

नारायण गोपाल एजुकेशन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गर्याे ।बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिकको योगदान दिए भने दिपक तामाङ र आटिया तामाङले समान १-१ गोल गरे ।

त्यस्तै दोस्रो खेलमा मयुर टाईन्म न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए । उनका अनुसार चाउथेको जीतमा कृष्ण गुरुङ र ईमोन छेत्रीले समान १-१ गोल गरे भने मयुरको तर्फबाट संजोग गुरुङले १ गोल फर्काए ।

त्यसैगरी मिरुवा एफसी र फिटनेश ग्रुप बिच भएको अन्तिम खेल २–२ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा फिटनेश ग्रुपले ४–३ गोल अन्तरले विजयी बन्यो ।

यसअघि खेलमा फिटनेश गु्रपका लागि कुमार गुरुङ र टिविन गुरुङले समान १-१ गोल गरेका थिए भने मिरुवाको तर्फबाट डेनिस गुरुङले दुई गोलको योगदान दिएका थिए ।

प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २ सय २२ प्राप्त गर्नेछ । भने उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २ सय २२ प्रदान गरिने प्रचारप्रसार संयोजक अमृत लामा गुरुङले जानकारी दिए ।

उनले प्रतियोगितामा विधागत पुरस्कारको व्यवस्था गरेको बताउदै उत्कृष्ट खेलाडीलाई ५ हजारद्वारा पुरस्कृत गरिने बताए । त्यस्तै उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर र हाई स्कोररलाई जनही ३ हजार सहित ट्रफिले पुरस्कृत गरिनेछ । गुरुङका अनुसार अनुशासित एक टिमलाई नगद रु ७ हजारको साथमा शिल्ड प्रदान गरिनेछ ।

कुल ४२ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सोमबार पहिलो चरणकै ९ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.