www.tandavnews.com
Fact ~ In search of truth

२०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि नै सुरु हुने

पोखरा
ताण्डव न्यूज ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०७८ सालको शैक्षिक सत्र असार १ गतेदेखि सुरु हुने जनाएको छ । दुई महिना ढिलो गरी सुरु भए पनि शैक्षिक सत्र भने चैत मसान्तमै सम्पन्न गर्नुपर्ने केन्द्रको भनाइ छ ।

कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न१० महिनाभित्र सक्ने निर्णयमा सरकार पुगेको केन्द्रका सूचना अधिकारी माधव प्रसाद दाहालले बताए । यसको कार्यान्वयन स्थानीय तहमार्फत विद्यालयले गर्ने र शैक्षिक सत्र कसरी पूरा गर्ने भन्ने विस्तृत योजना असार १ गतेअघि नै सार्वजनिक गरिने उनले जानकारी दिए । पाठ्यक्रमलाई केही घटाएर चैतभित्र पठनपाठन पूरा गर्ने सरकारी योजना छ । कोरोनाका कारण बिग्रेको शैक्षिक सत्रको मिलान २०७९ सालभित्रमा गरिने र त्यसपछि शैक्षिक सत्र नियमित रूपमा अघि बढ्ने जनाइएको छ ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.