पोखरा
ताण्डव संवाददाता ।
पोखरा १३, गौडाको मुख स्थित सानिया फेन्सी एण्ड कस्मेटिक चोरी भएको छ । मंगलबार राति चोरले पसलको ताला फुटाएर चोरी गरेको हो ।
पसलबाट जिन्स पाइन्ट, ज्याकेट, ट्रयाक र अत्तरहरु चोरी भएको संचालकजाबिर अलिले बताए । ‘बेलुकापसलबन्द गरेर घर गएबिहानआउँदा त ह्वाङै रहेछ’ उनले भने, ‘पसलभित्रनपसीप्रहरीलाई खबर गरे ।’

सामान र काउन्टरमा साट्न राखिएको खुद्रादुई हजार गरेर ८० देखि ९० हजार बराबरको चोरी भएको सानिया फेन्सीका संचालक अलिले जानकारी दिए ।
अलिले खबर गरे लगत्तै वडा प्रहरी कार्यालय रामबजारबाट प्रहरीको टोली घटनाको निरिक्षण गर्न पुगेको थियो ।
घटनाको बारेमा प्रहरीले अनुसन्धान भईरहेको जानकारी दिएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.