www.tandavnews.com
Fact ~ In search of truth

मनाङमा यसपाली पोहोर भन्दा एक महिना अघि नै हिमपात

चिसोको कारण मानिस बाहिर निस्कन सकेनन्

मनाङ ।

हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ ।

हिजो (सोमबार) बिहान १० बजेबाट हिउ परेको स्थानीयले बताएका छन् । स्थानीयको अनुसार दिउँसो ३ बजेबाट भने हिउ पर्न रोकिएको थियो। तर ‘माथिल्लो क्षेत्रको तिलिचो र थोराङ्ला क्षेत्रमा हिउँ परिरहेको छ ।स्थानीयको अनुसार यसपाली मनाङमा गएका वर्षभन्दा एक महिनाअघि नै हिउँ परेको हो । ।

Batas

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार नार र फू गाउँमा पने यसपाली ढिलो गरि हिउँ परेको हो । उनले भने,‘ हिउले बस्ती ढाकेको छ । तल्लो क्षेत्रमा भने कम परेको छ । यस वर्ष नार्पाभूमि क्षेत्रमा ढिलो गरि हिउँ परेको हो । ‘पोहोर–परार त कात्तिकमै हिउँ परेको थियो । ’

हिउँ परेपछि मनाङमा चिसो ह्वातै बढेको बताइएको छ । चिसोको कारण मानिस बाहिर निस्कन सकेका छैनन् । माथिल्लो मनाङका सबैजसो क्षेत्रमा हिमपात भएको छ । २ हजार ८ सय मिटर माथिका सबैजसो ठाउँमा हिमपात भएको बताइएको छ ।

चिसो अत्याधिक बढेपछि मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म झरेको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.