www.tandavnews.com
Fact ~ In search of truth

दही लिन गएकी थिइन् ११ वर्षीया बालिका, माछा मारेर फर्किएका १३ वर्षे बालकले बलात्कार गरे

दाङ
ताण्डव न्यूज ।

दाङ जिल्लाको बबई गाउँपालिकाकी ११ वर्षीया एक बालिका बलात्कृत भएकी छिन् । मंगलबार बेलुका ६ बजेतिर दही लिन जाँदै गर्दा ट्वाङखोलाको जंगल क्षेत्रमा बालिकामाथि बलात्कार भएको हो । १३ वर्षका एक बालकले बालिकामाथि बलात्कार गरेको इलाका प्रहरी कार्यालय खितलपुरका प्रमुख प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।

बालिकाको बलात्कार गराउनमा स्थानीय १२ वर्षीय अर्का एक बालकले सघाएको खुल्न आएको प्रहरी निरीक्षक केसीले बताए ।

Batas

बलात्कृत बालिकाकी आमा बिरामी रहेको हुँदा ती बालिका दुई तीन दिन अगाडि छिमेकी गाउँमा रहेको आफन्तकोमा पुगेकी थिईन् ।  मंगलबार बेलुका ६ बजेतिर ती बालिका जंगलको बाटो हुँदै नजिकै अर्को टोलमा दही लिन एक्लै जाँदै गर्दा खोलामा माछा मारेर फर्किंदै गरेका दुई बालकले उनलाई देखेका थिए । त्यसपछि उनीहरूले आपसमा सल्लाह गरी जबरजस्ती बलात्कार गरेको भन्ने खुल्न आएको प्रहरी निरीक्षक केसीको भनाई छ ।

१३ वर्षे बालकले बलात्कार गरेको र १२ वर्षीय बालकले उनलाई सघाएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै प्रहरी निरीक्षक केसीले भने घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको बताए । बलात्कारपछि बालिका रुँदै बेलुकी साढे ६ बजेतिर घर पुगेपछि घरका मानिसले सोधपुछ गर्ने क्रममा घटनाबारे थाहा भएको हो ।

आफूमाथि भएको घटना बालिकाले बताएपछि बालिकाका आफन्तले राति साढे ९ बजेतिर प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरीले उद्धार गरी राती ११ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएको थियो ।

उपचारमा संलग्न चिकित्सकले पनि बलात्कृत बालिकाको योनीबाट रक्तस्राव भइरहेको तथा बालिका राम्रोसँग बस्न सक्ने अवस्था समेत नरहेको भन्ने जानकारी दिएको प्रहरीले बताएको छ ।

बलात्कारमा संलग्न केटाहरू र बलात्कृत बालिकाकी दिदी एउटै स्कुलमा पढ्छन्। उनीहरूलाई केही समय पहिला पीडितकी दिदीले खोलामा माछा मार्दै गरेको देखेकी थिइन् । बलात्कारपछि बहिनीले भनेको हुलियाको आधारमा दिदीले नै यी केटाहरू हुन् भनेर पत्ता लगाउन सहयोग गरेकी थिईन् । उनकै कुरालाई आधार मानेर अनुसन्धान थालेको प्रहरीले दुबै बालकसंग सोधपुछ गरेको थियो । सोधपुछका क्रममा बालकहरुले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेका छन् । दुबै विरुद्ध आवस्यक मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.