www.tandavnews.com
Fact ~ In search of truth

कांग्रेसद्वारा सिद्धिकीको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलले संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको यही वैशाख ११ गते निधन भएको थियो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

Batas

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य भएका थिए ।

राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आएकी नेत्रृ सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील थिए ।

पार्टीको संगठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आएका उनको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.