www.tandavnews.com
Fact ~ In search of truth

एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलिया बीचको खेल स्थगित

काठमाडौं,
ताण्डव न्यूज ।

फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित भएको छ ।

छनोट अन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७ गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो । तर, एसियन फुटबल कन्फडेरेसन (एएफसी) ले कोरोना भाईरसको कारण अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण खेल स्थगित गरेको हो । अष्ट्रेलियाले हालै युरोप यात्रामा रोक लगाएको छ ।

Batas

अष्ट्रेलियाका खेलाडीहरु युरोपको विभिन्न क्लबबाट खेलिरहेका छन् । तर, युरोपमा खेलिरहेका खेलाडीलाई आफ्नो देशमा फिर्ता बोलाउन सक्ने अवस्था नभएपछि अष्ट्रेलियाले खेल सार्नका लागि एएफसीमा निवेदन दिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको खेल स्थगित भएको पुष्टि गरे ।

स्थगित खेल अब आगामी जुनमा हुनेछ । छनोट अन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । जसमा नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ । एएफसीले नेपाल र ताइपेबीचको खेल यस अघि नै स्थगित गरिसकेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.