www.tandavnews.com
Fact ~ In search of truth

दुई वर्षपछि आज सार्वजनिक हुदैँ विप्लव , सरकारसँगको सहमति विशेष समारोह मार्फत प्रस्तुत गरिदैँ

काठमाण्डौं,
ताण्डव न्यूज ।

दुई वर्षपछि नेन्त्रविक्रम चन्द विप्लव आज सार्वजनिक हुने भएका छन् । विप्लव र प्रधानमन्त्री केपी शर्मा ओली आज सँगै स्टेजमा देखिने छन् । विप्लव आज सार्वजनिक हुदैँ प्रधानमन्त्री ओलीसँगै संयुक्त रुपमा विशेष समारोहलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारी वार्ता टोली र विप्लव समूहबीच हिजो ३ बुँदे सहमति भएसँगै सोही विषयमा विस्तृत जानकारी दिन आज विशेष समारोहको आयोजना गरिएको हो । राष्ट्रिय सभागृहमा आज प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

Batas

बिहीवार भएको सहमतिअनुसार विप्लव नेतृत्वको नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लागइएको पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायतका विषय रहेका छन् । यसअघि बुधबार दुई चरण र बिहीबार बिहानको वार्तापछि ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।सरकारले विप्लव नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.