www.tandavnews.com
Fact ~ In search of truth

सरकार बाधा छिचोल्दै अघि बढिरहेको छ : प्रधानमन्त्री

काठमाण्डौ, ताण्डव न्यूज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक अवरोधहरुलाई छिचोलेर सरकार अगाडि वढिरहेको बताएका छन् । जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा आउने हरेक अवरोध पार गरेर सरकार अविचलित निष्ठाका साथ सरकारले काम गरिरहेको उनको भनाई छ ।

काठमाण्डौमा आज झापा आन्दोलनका योद्धाको स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले देशको स्वाधीनता, अखण्डता र स्वाभिमान हासिल गर्ने कार्यमा सरकार लागिरहेको बताए ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सरकारले देशमा तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाउँदै सहिदको सपना साकार पार्ने काम गरिरहेको दावी गरे । जनताले आफ्ना माग शान्तिपूर्ण रुपमा राख्न पाउने संवैधानिक बाटाहरु बन्द रहेको अवस्थामा जनताको आन्दोलनमाथि निरङ्कुश सत्ताले गरेको दमनको प्रतिवादस्वरुप झापा आन्दोलन सृष्टि भएको प्रधानमन्त्रीको भनाई छ ।

Batas

आजभन्दा ४८ वर्षअघि आजकै दिन त्यस आन्दोलनका क्रममा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई कारागार सार्ने बहानामा सुखानीको जङ्गलमा लगेर पञ्चायती सत्ताले हत्या गरेको थियो ।

प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक आन्दोलन, कम्युनिस्ट, प्रगतिशील र लोकतान्त्रिक आन्दोलनको इतिहासमा यस दिनको असाधारण तथा ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै यस क्षणमा नेपालको कम्युनिस्ट आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरुको सम्झना गरेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.