www.tandavnews.com
Fact ~ In search of truth

पोखराका पत्रकार ‘अथक’लाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पोखरा ।

पोखराका पत्रकार कमल पौडेल अथकलाई स्याङ्जामा मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।

स्याङ्जाको पुतलीवजार नगरपालिका ५ पवैगौंडेमा अवस्थित शितला माविको यही फागुन २२ गते हुने ४७ औं वार्षिकोत्सवको अवसरमा पत्रकार अथकलाई सो पुरस्कार प्रदान गरिने भएको हो ।

Batas

विद्यालयका अभिवावक स्वर्गीय मानवहादुर कृष्णकुमारी स्मृति ट्रष्टद्धारा स्थापित र विद्यालयद्धारा सञ्चालित सो पुरस्कारको राशी नगद  १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

विगत दुइ दशकदेखि पोखरामा पत्रकारिता गर्दै आएका अथकलाई सो पुरस्कार प्रदान गर्ने निर्णय भएको पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंघ कार्कीले जानकारी दिएका छन् ।

सो अवसरमा साहित्य तर्फको पुरस्कार डा. यामवहादुर पौडेल क्षेत्रीलाइ प्रदान गरिने विद्यालयले जनाएको छ । सो पुरस्कारको राशी पनि नगद रु १० हजार, दोसल्ला र सम्मान पत्र रहेको छ ।

कार्यक्रममा ट्रष्टद्धारा संञ्चालित विभिन्न गरी ४१ हजार वरावरको पुरस्कार प्रदान गरिने जानकारी दिईएको छ ।कार्यक्रममा क्यालिफोनिर्यामा रहेका इन्जिनियरद्धय विवेक जंग कार्की र अजय श्रेष्ठले विद्यालयलाई माष्टर प्रोजेक्ट हस्तान्तरण गर्नेछन् ।

त्यस्तै सोही दिन इन्जिनियर विवेक जंघ कार्कीले गतवर्षको एसइईमा उत्कृष्ट अंक ल्याउने एक विद्यार्थीलाई ५ हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको विद्यालयका प्रधानाध्यापक भीमप्रसाद शर्माले जानकारी दिएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रवहादुर कार्कीको उपस्थितिमा पुरस्कार छनौट समितिका संयोजक शैलेन्द्रजंग काकी, सदस्य सचिव भीमप्रसाद शर्मा र वडाध्यक्ष रामचन्द्र रेग्मीले उक्त प्रतिभा चयन गरेको विद्यालयले जानकारी दिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.