www.tandavnews.com
Fact ~ In search of truth

पुर्नस्थापित संसद अधिवेशन आजबाट सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं,
ताण्डव न्यूज ।

सर्वोच्च अदालतले पुर्नस्थापना गरेपछि प्रतिनिधिसभाको अधिवेशन आजबाट शुरु हुुँदैछ ।

आजबाट सुरु हुने संसदको सातौं अधिवेशनका लागि अपराह्न चार बजेका लागि बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिईन् ।

Batas

तर सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिएको थियो । सोहीअनुसार पुनःस्थापित संसदको हिउँदे आजबाट अधिवेशन सुरु हुन लागेको हो ।

नेकपा दुई खेमामा बाँडिए पनि औपचारिक रुपमा विभाजित नभइसकेको र दुवै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकलाई चासोका साथ हेरिएको छ । प्रधानमन्त्री ओली भने विश्वासको मत नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने रणनीतिमा छन् ।
कार्यतालिका यस्तो छ :

यसअघिका अधिवेशन जस्तै पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन हुने छ । त्यसपछि राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पनि वाचन गरिने छ । विधेयक अधिवेशनका रुपमा रहने यो हिँउदे अधिवेशनमा प्रतिनिधिसभामा विचाराधीन विभिन्न विधेयकहरु पनि पेश हुने छन् ।

बैठकमा प्रतिनिधिसभाका बहालवाला तथा यसअघिका सांसदहरु गरी १४ जनाको निधनको शोकमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची पनि छ । संसद बैठकको अन्तिम कार्यसूची भने कार्यव्यवस्थाप परामर्श समितिको बैठकले टुङ्गो लगाउने छ ।

यसैबीच, प्रतिनिधिसभाको आज बस्ने बैठकको ठीक अघि दिउँसो तीन बजे ‘लोकतन्त्र मार्च’ प्रदर्शन गरिने भएको छ । संसद्लाई खबरदारी गर्न मार्च प्रदर्शन गरिने नागरिक समाजको अगुवाको रूपमा देखिएका पत्रकार नारायण वाग्लेले बताए । प्रदर्शन माइतीघर मण्डलामा हुने छ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.