पोखरा,
ताण्डव न्यूज ।
पोखरामा एक शव भेटिएको छ ।
आज बिहान पोखरा महानगरपालिका–९ नयाँबजार स्थित गण्डकी मेडिकल कलेज अगाडी सडक छेउमा एक महिलाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

मृत भेटिएकी महिला पोखरा महानगरपालिका–१८ सेदी बस्ने वर्ष ३९ की बिमला बि.क. रहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले बताएका छन् ।
घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.