www.tandavnews.com
Fact ~ In search of truth

क्लासिक टेकको १०१ औं आउटलेट नेपालगञ्जमा

पोखरा ।

क्लासिक टेकको १०१ औँ आउटलेट नेपालगञ्जमा विस्तार भएको छ ।

लुम्बिनी प्रदेशका ग्राहकहरुलाई मध्यनजर गर्दै नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले आउटलेट स्थापना गरेको हो ।

Batas

आउटलेटको क्लासिक टेकका प्रमुख सेल्स एण्ड मार्केटिङ्ग अफिसर विनय कुमार अधिकारी तथा कम्पनीका फाइबर प्रमुख चम्पक खड्काले संयुक्तरुपमा उद्घाटन गरेका थिए । आउटलेटमा बिलिङ, कस्टमर सपोर्ट, फाईबर स्टाफ र मार्केटिंग गरेर ४५ जना स्टाफ राखिएको छ।

आउटलेटबाट कम्पनीले नेपालगञ्जका हरेक साना गाउँहरुमा आफ्नो सेवा विस्तार गर्ने योजना लिएको छ । यसअघिदेखि नै नेपालगञ्ज क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुलाई इन्टरनेट उपलब्ध गराउँदै आएकोमा अब भने कम्पनीले सर्वसाधारण ग्राहकहरुलाई समेत इन्टरनेट सेवा उपलब्ध गराउनेछ । घरायसी प्रायोजन, साना कार्यालयहरु र कर्पोरेट कम्पनीहरुका लागि समेत सो सेवा उपलब्ध हुनेछ ।

कम्पनीले नेपालकै सबैभन्दा सस्तो धमाकेदार अफर नेपालगञ्जको लागि पनि उपलब्ध गराएको छ र अब यो सेवा स्थानीयबासीले समेत लिनसक्ने भएका छन् । आउटलेटको नयाँ शाखाबाट ग्राहकहरुलाई छिटो छरितो सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

‘अरु इन्टरनेट सेवा प्रदायकहरुको भन्दा उत्कृष्ट मूल्यमा हामी तिव्रगतिको इन्टरनेटका साथै उत्कृष्ट ग्राहक सेवा दिनेछौं ।’ प्रमुख सेल्स एण्ड मार्केटिङ्ग अफिसर विनय कुमार अधिकारीले भने ।

कम्पनीले धमाकेदार अफर अन्तरगत २० एमबिपिएस स्पीडको इन्टरनेट केबल ७९९ प्रति महिनामा उपलब्ध गराउँदै आएको छ जसका साथमा १५० टिभी च्यानलहरु र युट्यूब समेत हेर्न सकिने सुविधा रहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.