www.tandavnews.com
Fact ~ In search of truth

पैंयु क्षेत्रमा सुविधासम्पन्न अस्पताल बनाउँछौँ : एमाले उम्मेदवार गिरी

पर्वत ।

आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् ।

नेकपा एमाले पर्वतले शनिवार जिल्लाको पैंयु गाउँपालिका वडा नं. ३ वेउलीवास र वडा नं. ४ र ५ हुवासमा सम्पन्न भएको छ । हुवासका वहानीडाँडा, हातेमालोचोक भुर्तेलथोक र वेउलीवासका विभन्नि बस्तीमा पुगेर घरदैलो तथा कोणसभा गरिएको हो । एमालेवाट प्रतिनिधि सभा सदस्यका उम्ेमदवार पदम गिरी र प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले घरदैलो र कोणसभालाई जोड दिँदै आफ्ना एजेण्डा राख्ने र मतदाताका गुनासो र मागहरु संकलन गरिरहेको छ ।

Batas

सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले विगत पाँच वर्षमा जिल्लाभर एक सय १८ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउँदै त्यसको अधिकांस हिस्सा पैंयु क्षेत्रमा रहेको बताए । कुश्मादेखि लुंखुसम्म कालोपत्रे भैसकेको बताउँदै लुंखुदेखि हुवाससम्म कालोपत्रेको काममा भैरहेको ढिलाईलाई निर्वाचन लगत्तै तिब्रता दिईने बताए। उनले बाँकी रहेका ग्रामीण सडकको कालोपत्रे र वडा तहमा पुग्ने हरेक सडक कालोपत्रे गर्नका लागि आफुलाई जिताउन आग्रह गरे । गिरीले पैंयु क्षेत्रमा २५ बेडको सुविधासम्पन्न अस्पताल बनाउने घोषणा गरे । गुणस्तरीय स्वास्थ्यसेवाको अभावमा यस क्षेत्रका नागरिक पाल्पा, बुटबल पुग्नुपर्ने अवस्था रहेको बताउँदै जिल्ला अस्पतालकै गुणस्तरको अस्पताल बनाउने घोषणा गरेका हुन् । ‘पालिका स्तरको अस्पताल बन्दै गरेको छ’, उनले भने,’यस सदरमुकामबाट टाढा रहेकोले यहाँ जिल्लाकै गुणस्तरको अस्पताल बनाउने काम नेकपा एमालेले गर्नेछ ।’

उनले अघिल्लो कार्यकालमा छुटेका योजनाहरुलाई अबको पाँच वर्षमा पुर्णता दिने प्रतिवद्धता जनाए । उनले एमालेनै विकास निर्माण र समृद्धिका लागि काम गर्ने दल भएकाले आफुहरु चुनावी नारा र योजना मात्र नभई काम गर्नेगरी फेरी मैदानमा आएको बताए । उनले होश्राङदी र भोक्सीङ वासीले राखेका सडक, खानेपानी, सिंचाई लगायतका मागहरु पुरा गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए ।

प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालले नेकपा एमाले नेतृत्वको सरकारले मुलुक विकास र समृद्धिका लागि मार्गचित्र कोरेको बताउँदै त्यसको पुर्णताका लागि पुन एमालेले जित्नुपर्ने बताए । उनले अबको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ बिजयी नभए मुलुक पछाडि धकेलिने समेत बताए । पर्वत क्षेत्र २ को विकासकै लागि आफु निर्वाचनमा होमिएको उनको भनाई छ । कार्यक्रमा नेकपा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश किमिटि उपसचिब मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहडी, जीवन उच्चै ठकुरी लगायतको सहभागिता थियाे ।

त्यसैगरी प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. ४ र ५ का विभिन्न टोलमा भएको छ । सो अवसरमा कुँवरले कुश्माबजारलाई स्मार्ट सिटी बनाउन पहल गर्ने बताए । उनले नेकपा एमालेनै यो मुलुकको पहिलो शक्ति बन्ने बताउँदै आगामी पाँच वर्षका लागि २० वटा काम गर्ने ग्यारेण्टी सहित अघि बढेको बताए । उनले पर्वतको समृद्धि र विकासका लागि एमाले बाहेक अन्य दलले गर्न नसक्ने बताउँदै सुर्य चिन्हमा मतदान गरी जिल्लाको भविष्य निर्माणमा योगदान गर्न आग्रह गरे ।

कार्यक्रमम नेकपा एमाले केन्द्रीय सल्लहाकार परिषदका सदस्यका गणेश शर्मा पौडेल, प्रदेश कमिटि सचिवालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, पूर्व सांसद जुना नेपाली, समानुपातीक उम्मेदवार कमला पन्त लगायतले बोलेका थए ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.