www.tandavnews.com
Fact ~ In search of truth

लेकसाइडबाट ५० बढि विदेशी र नेपाली पर्यटक पक्राउ

पोखरा,
ताण्डव न्यूज ।

कास्की प्रहरीले ५८ जना स्वदेशी तथा विदेशी पर्यटकहरुलाई गएराती पक्राउ गरेको छ । पोखरा लेकसाइडको एक रेष्टुरेण्टमा विभिन्न मादक पदार्थ तथा लागु औषध सहितको पार्टीमा सहभागि विदेशी ४२ जना र नेपाली १६ जना पर्यटकहरुलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको बैदाम प्रहरी चौकीका प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

लेकसाइडको द अफिस पव रेष्टुरेन्टमा ट्रान्सपार्टी चलिरहेको र लागूऔषधको कारोबार पनि भएको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको हो । बैदाम प्रहरी प्रमुख डिएसपी शाहको नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको ४२ जना विदेशी मध्ये २८ जनालाई राती नै छोडेको प्रहरीले जनाएको छ ।

Batas

बाँकी १४ विदेशी र १६ नेपाली अझै बैदाम प्रहरी चौकीमै छन् । पार्टीमा सहभागि केहि ब्यक्तिको साथबाट लागु औषध समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.