www.tandavnews.com
Fact ~ In search of truth

मिर्गौलापीडित सुरेशको उपचारका लागि सहयोगी हातहरु थपिदैँ

म्याग्दी

म्याग्दीको मङ्गला गाउँपालिका–५ नेटाका मिर्गौला पीडित सुरेश छन्त्यालको उपचारका लागि कुवेतबाट आइतबार हिजो रु पाँच लाखभन्दा बढी सहयोग प्राप्त भएको छ ।

दुवै मिर्गौलाले काम गर्न नसक्ने भएपछि थलिएका १९ वर्षीय सुरेशको उपचारका लागि प्रवासी म्याग्देली नेपाली सङ्घ ९मोना० कुवेतको पहलमा रु पाँच लाख पाँच हजार २१० सहयोग जुटेको हो ।परिवारको कमजोर आर्थिक अवस्थाका कारण डायलोसिस, मिर्गौला प्रत्यारोपण र औषधि खाने खर्च जुटाउन नसकेपछि ओमकुमारी शान्ति कोषले भदौ ५ गतेदेखि सुरेश बचाउ अभियान शुरु गरेको थियो ।

Batas

मोना कुवेतका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष कृष्णप्रसाद खड्काले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक डकबहादुर रोकामार्फत सुरेशकी आमा सीतालाई नगद हस्तान्तरण गरे।यसैगरी सुरेशको उपचारका लागि हाल जापानमा रहेका कमल बानियाँ र सुरेश पुनको पहलमा सङ्कलित रु ८९ हजार ५५० पनि सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।

अलका अस्पतालमा उपचार गराइरहेका छन्त्यालको लागि हालसम्म रु २३ लाख सहयोग जुटेको संस्थाले जनाएको छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.