माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।
भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति, कास्कीको लेटर प्याड र छाप किर्ते गरेको पाइएको छ । आयोगको लेटरप्याड किर्ते गरि जग्गा दर्ताको प्रकृया समेत अघि बढाइएको छ ।
ताण्डव न्यूजलाई प्राप्त किर्ते पत्रमा ‘१५ दिने सार्वजनिक सूचना’ प्रकाशन गरिएको छ ।

पत्रको व्यहोरा यसप्रकार छ :
च नं : ३६७/०७७/०७८
मिति : २०७७/१०/२७१५ दिने सार्वजनिक सुचना
जिल्ला कास्की साविक पदेली गाविस वार्ड नं ८ हाल कास्की जिल्ला पोखरा महानगरपालिका वार्ड १८ बस्ने स्व. उजेली तिमल्सीनामा छोरा मनहरी तिमल्सीनाले कि.नं २१७, १४७ तथा ऐ वार्ड नं ४ २५१को हकमा सर्वोच्च अदालतको मिति २०५१ । ६ । १२ को फैसला अनुसार मेरो नाऊमा पूर्जा प्राप्त गरि पाउँ भनि यस कार्यालयमा दिनु भएको निवेदन यही माथी उल्लेखित कित्ताहरु कोही कसैको हक दावी लाग्ने भएमा यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना प्रमाण सहित आयोगको कार्यालयमा उजुरीका लागी आउन यो सुचना जारी गरिएको छ । उक्त सुचना प्रकाशित भएको मिति भित्र कोही कसैको दाबी नदेखिएमा १६औँ दिन मनहरी तिमल्सीनाका नाँऊमा नियमानुसार स्वतह दर्ता प्रकृया अघि बढाई निजको नाऊमा पूर्जा प्रदान गरिने कुरा सुचित गरिन्छ ।
योगेन्द्र प्रसाद खतिवडा
सदस्य सचिव
भूमी सम्बन्धी समस्या आयोग
जिल्ला समिति कास्की
किर्ते गरि प्रकाशन गरिएको यस सूचनामा योगेन्द्र प्रसाद खतिवडाकै नाममा हस्ताक्षर गरिएको छ ।
हेर्नुहोस् पत्र
किर्ते गरेको थाहा लागेपछि भूमि सम्बन्धी समस्या समाधान आयोग कास्कीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई संलग्नको खोजी गरि कारवाहीको लागि पत्राचार गरेकाे छ । आयोगले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ ‘भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति कास्कीको सदस्य सचिव हुँ भनी योगेन्द्र प्रसाद खतिवडाको नाउँ थर सहि छाप उल्लेख गरी किर्ते पत्र तयार गरिएको पाइएको छ । उक्त पत्र मनहरी तिमिल्सिनाले लिई कार्यालय धाउने, जग्गा दर्ताको लागि रु. १ लाख मागेका हुन् भनी भन्दै हिड्ने गरेकाले उक्त मनहरी तिमिल्सिना ब्यक्तिलाई झिकी झिकाई, गैर कानूनी क्रियाकलापमा संलग्न ब्यक्तिहरुको पहिचान गरी किर्ते कागज तयार गर्ने ब्यक्तिलाई हदैसम्मको कानूनी कारवाही गरी पाउँ ।’
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले किर्तेबारे अनुसन्धान भइरहेको बताए । ‘हो, आयोगबाट पत्र प्राप्त भएको छ, हामीले अनुसन्धान गरिरहेका छौँ’ उनले भने ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.