काठमाडौं ।
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार १५० मा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७५० मा कारोवार भएको थियो ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.