पोखरा,
ताण्डव न्यूज ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म बदली रहने बताएको छ ।
महाशाखाले जारी गरेको सूचना अनुसार आज देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने र पहाडी भेगमा मौसम बदली रहनेछ ।

महाशाखाले जारी गरेको सूचनामा आज दिउँसो पनि समग्रमा मौसमको अवस्था सामान्यदेखि बदली रहने उल्लेख गरिएको छ । तर, पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ ।
यस्तै आज राति भने कर्णाली, गण्डकी र प्रदेश नं १ को पहाडी भेगका एक दुई स्थानमा त्यस्तै किसिमको वर्षा हुने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार भोलि दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने सम्भावना छ । तर पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन-चट्याङ-हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.