www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जालाई पराजित गर्दै बागलुङले जित्यो प्रदेश स्तरीय लोकदोहोरी प्रतियोगिताको उपाधि

पोखरा।

प्रदेश स्तरीय लोकदाहोरी प्रतियोगिताको उपाधि बागलुङले आफ्नो पोल्टामा पारेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति पोखराको आयोजनामा भएको प्रतियोगिता २०७७ को उपाधि स्याङ्जालाई पराजित गर्दै बागलुङर्ले ै हात पारेको हो ।

Batas

बागलुङले उपाधिसँगै एक लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।बागलुङबाट सुमन खड्का र शर्मिला वि.सी.को टिम छनोट भएर प्रतिष्पर्धाको लागि पोखरामा आएको थियो । बागलुङमा कुल ५ टिमबीच अब्बल बनेको यो टिम अन्तत प्रदेशकै अब्बल टिम बन्न सफल बन्यो । ।

प्रतिष्पर्धा नेपाल पर्यटन बोर्ड पोखराको सभाहल ड्यामसाइडमा भएको थियो ।

उपविजेता बनेको स्याङजाले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । स्याङजा जिल्लाबाट प्रकाश पराजुली र सपना रोकाको टिम छानिएर पोखरा आएको थियो । स्याङजामा ४ टिमबीच प्रतिष्पर्धा भएको थियो ।

यसैगरी आफ्नो जिल्लामा १२ टिमकाबीच प्रतिष्पर्धा हुँदा उत्कृष्ट बन्दै पोखरा आएको लमजुङका प्रशान्त तामाङ र प्रिती गिरीको टिम तृतिय बन्न सफल भएको छ । तृतिय भएको यो टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ। तनहुँको टिम सान्त्वना भयो । सान्त्वना बनेको यो टिमले ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुङ, स्याङजा, बागलुङ, पर्वत, म्याग्दि, गोरखा र नवलपुर जिल्लाबाट लोक दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधित्व गर्दै उत्कृष्ट ९ टिमले उपाधिका लागि पोखरामा प्रतिष्पर्धा गरेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.