www.tandavnews.com
Fact ~ In search of truth

हत्या आरोपमा चार जना नियन्त्रणमा

बैतडी ।

युवक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । गत शनिबार बैतडी–दार्चुला सीमा भएर बग्ने चौलानी नदीमा मृत भेटिएका दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्कीको हत्याको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको हो ।

अनुसन्धानकै क्रममा रहेकाले नियन्त्रणमा लिइएकाहरूको नाम खुलाउन नमिल्ने इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनले भने, ‘चार जनालाई सोधपुछका लागि नियन्त्रणमा राखेका छौँ, अनुसन्धान भइरहेको छ ।’

Batas

गत शुक्रबार गोकुलेश्वरस्थित शिवरात्रि मेला हेर्न गएका रमेश साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा शनिबार बेलुका चौलानी नदीको बीच भङ्गालोमा मृत भेटिएका थिए ।

कार्कीको टाउको, मुख, पेट, छाती, खुट्टामा चोट रहेकाले प्रहरीले हत्या भएको आशंका गरेको हो । मृतक कार्कीको शव गोकुलेश्वर अस्पतालमा रहेको छ । शव परीक्षण सम्पन्न भए पनि आफन्तले अझै शव बुझेका छैनन् । रासस
–––

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.