पोखरा,
ताण्डव न्यूज ।
पोखराको सिदार्थचोकमा गएराती चक्कु देखाई धम्क्याउँदै एक फलफूल व्यवसायीको घरमा लुटपाट भएको छ ।पोखराको सिद्धार्थचोकमा फलफूल व्यवसाय गर्दै आएका सिन्धुलीका भगवान चौधरी कोठाबाटै लुटिएका हुन् ।
२ वर्षदेखि फलफूल व्यवसाय गर्दै आएका चौधरीलाई राती एक मानिसले चक्कु देखाएर ५० हजारसहित २ वटा मोबाइल लुटेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले लुटपाटबारे अनुसन्धान भईरहेको बताएका छन ।

लुटेराले चौधरीको २ वर्षे छोराको घाटीमा चक्कु तेर्साई धम्की दिएपछि चौधरीले सहायताको लागि गुहार माग्न नसकेको जनाएका छन ।
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.