www.tandavnews.com
Fact ~ In search of truth

महिला ज्यूँदै पुर्ने एक्साभेटर चालक पक्राउ

काठमाडौं,
ताण्डव न्यूज ।

धादिङमा एक महिलालाई जिउँदै पुरेका एक्स्काभेटर चालक कञ्चनपुरबाट आज पक्राउ परेका छन् ।

एक्साभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुरेर फरार रहेका भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो सिआईबी ले जनाएको छ । सडक निर्माणका लागि एक्साभेटर चलाईरहेका बुढाथोकीले स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुरेका थिए ।

Batas

धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी कुमाललाई ठक्कर दिएपछि खाल्डोमा खसेकी थिईन् । खाल्डोबाट उद्धार गर्नुको साटो बुढाथोकीले खाल्डोमा माटो थपेर घाईते अवस्थामै पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पु¥यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए ।

पछि तिनै मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए । पक्राउ परेका बुढाथोकीलाई केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरिएको सीआईबीले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.