www.tandavnews.com
Fact ~ In search of truth

ट्रकको ठक्करबाट मुख्यमन्त्री राउतका पिएसओ असई ‘मदनजंग कापर’को मृत्यु

धनुषा
ताण्डव न्यूज ।

ट्रकको ठक्करबाट प्रहरी सहायक निरिक्षक मदनजंग कापरको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका १० लालगढमा आज बिहान करिब ३ बजेको समयमा ट्रकको ठक्करबाट कापरको मृत्यु भएको हो ।

प्रहरी सहायक निरिक्षक कापर प्रदेश नं २का मुख्यमन्त्री लालबाबु राउतका ‘पर्सनल सेक्यूरिटि अफिसर’ (पिएसओ) हुन् । ड्यूटी सकेर लु ५३ प ८५७५ नंको मोटरसाइकलमा फर्किएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

Batas

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.