www.tandavnews.com
Fact ~ In search of truth

अबदेखि गाँजा खाएर सवारी चलाउने माथि पनि कारवाही

काठमाडौं ,
ताण्डव न्यूज ।

लागू पदार्थ गाँजा सेवन गरे नगरेको पत्ता लगाउने प्रविधि प्रयोग सुरु गरिएको छ । ललितपुरमा आइतबारदेखि सुरु गरिएको यो प्रविधि र्‍यापिड टेस्ट किटको प्रयोगबाट पत्ता लगाईने प्रहरीले जनाएको छ ।

ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागुऔषध प्रयोग गरे/नगरेकोबारे परीक्षण सुरु गरेको हो ।

Batas

यसअघि, मादक पदार्थ खाए नखाएको मात्र परिक्षण हुँदै आएकोमा प्रहरीले गाँजासेवनको समेत चेकिङ गर्न थालेको हो । र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र ट्बालेट प्रयोग गरेको तत्काल जानकारी हुने प्रहरीको दावी छ ।

कसैले गाँजा खाएर सवारी चलाएको पाईए मादक पदार्थ खाएकै बराबरको कारबाही गरिने महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिईन् ।

टिप्पर, मोटरसाइकल, ट्रकलगायत केही चालकले गाँजा सेवन गर्ने गरेको पाइएको एसएसपी बज्राचार्यले बताइन् । निरन्तर रुपमा लागुपदार्थ सेवनको परीक्षणलाई अघि बढाउने उनको भनाइ छ ।लागुऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा तीनजनाको नतिजा पोजिटिभ आएको थियो ।

सवारी–साधन जाँचको क्रममा ललितपुरमा १६ जनालाई नियन्त्रणमा लिनुका साथै ४३५ जनालाई ट्राफिक कारबाही समेत गरेको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.