www.tandavnews.com
Fact ~ In search of truth

‘वर्ड अफ माउथ’ बलियो नहुँदा ‘एउटा यस्तो प्रेम कहानी’हेर्न आएनन् दर्शक

पोखरा
ताण्डव न्यूज ।

सिनेमा हलले १० महिनापछि नयाँ फिल्म पायो । नेपाली फिल्मका निर्माताले नयाँ फिल्म रिलिज गर्न तयार नहुँदा अभिनेता शिव श्रेष्ठले जोखिम उठाए । श्रेष्ठको लगानी रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते नेपालभरका चलचित्र हलमा प्रदर्शन आयो ।

सामान्यरुपमा फिल्म प्रदर्शन भएको एकदुई दिन दर्शक भरिभराउ हुने सिनेमा हल सामान्य रह्यो । यो फिल्मले प्रदर्शन आएको दिनदेखि नै घरेलु दर्शक तान्न सकेन् । ‘वर्ड अफ माउथ’ बलियो नहुँदा फिल्मलाई दर्शकको खडेरी हुन पुग्यो । पोखरा मिडटाउन सिनेमाजका प्रोपटी म्यानेजर विपिन क्षेत्रीले फिल्मको व्यापार दयनीय रहेको सुनाए ।

Batas

‘फिल्म रिलिज भएको दिनदेखि दैनिक दुई शो रहेको छ,’ उनले भने, ‘तर, दर्शक आएनन् । नयाँ नेपाली फिल्म रिलिज भएपछि जति दर्शक आउँछन् भन्ने सोचेको थियौ त्यस्तो भएन् ।’ यो फिल्मसँगै साउथ इन्डियन फिल्म ‘मास्टर’ रिलिज भएको थियो । ‘दुईटा फिल्म एकसाथ जुधेर पनि होला दर्शक ‘मास्टर’ फिल्म हेर्न बढी आएका छन्,’ क्षेत्रीले भने, ‘सोसल मिडियामा मास्टर फिल्मको इन्क्वारी राम्रो छ ।’

क्युएफएक्स पोखरा सिनेप्लेक्सका म्यानेजर राजेन्द्र पुरी पनि हलमा दर्शकको संख्या कम रहेको बताउँछन् । ‘नयाँ फिल्म रिलिज भएपनि दर्शक संख्या पट्यारलाग्दो छ,’ उनले भने, ‘नेपाली फिल्म रिलिज भएपनि ५÷७ जना दर्शकभन्दा बढी हुँदैनन् । फिल्म हल खुलेपनि दर्शक हलसम्म आउन सकिरहेका छैनन् ।’

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.