www.tandavnews.com
Fact ~ In search of truth

रेडियो नेपालमा राष्ट्रव्यापी खुला आधुनिक संगीत प्रतियोगिता

काठमाडौं ।

रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता आज शुरु भएको छ ।

प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।

Batas

उनले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पु¥याउँदै आएको बताए ।

संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताका माध्यमबाट श्रोताका रुचि र माग अनुसारका गीतसङ्गीत प्रस्तुत गर्दै आएको बताए । प्रतियोगितामा ३१ वटा गीतसङ्गीत प्रस्तुत गरिनेछ । रेडियो नेपालको वार्षिकोत्सव यही चैत २० गते हुँदैछ ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.