www.tandavnews.com
Fact ~ In search of truth

विद्यालय बन्द नगर्न सरकारलाई सरोकारवालाको सुझाव

काठमाडौं ।

कोरोना संक्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना संक्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्यान्जू श्रेष्ठले कोरोनाको महामारी देखाएर केन्द्र सरकारले विद्यालय बन्द गर्न निर्णय नगरी स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताए । उनले कोरोना संक्रमणको जोखिम कुनै ठाउँमा प¥यो भन्दैमा केन्द्र सरकारले सबै ठाउँका विद्यालय बन्द गर्न नहुने र त्यसको अधिकार स्थानीय सरकारलाई दिनुपर्नेमा जोड दिए ।

Batas

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) का अध्यक्ष टीका पुरी र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याप्सन) का महासचिव सुवास न्यौपानेको पनि जोखिम न्यूनीकरण गर्न सावधानी अपनाउनुपर्ने तर विद्यालय बन्द नगर्ने सुझाव थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कोरोनाको प्रभाव सबैतिर एकनास नहुने भएको हुँदा क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने सुझाव दिए । सामुदायिक विद्यालय केन्द्रीय महासंघका अध्यक्ष कृष्ण थापा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गरेर विद्यालय सञ्चान गर्न सुझाव दिए । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.