www.tandavnews.com
Fact ~ In search of truth

पोखरा:चरक मेमोरियलमा उपचाररत दुई संक्रमितले गुमाए ज्यान

उमा वि.क,
पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा दुई संक्रमितले ज्यान गुमाएका छन् ।

चरक मेमोरियल अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्य भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको आज उपचारको क्रममा मृत्यु भएको हो । उनमा १० गते अघि चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Batas

यस्तै सोही अस्पतालमा उपचार भईरहेको तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो मृत्यु भएको छ । उनमा चैत्र २३ गते संक्रमण पुष्टि भएको थियो ।

यो सँगै प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैबीच आज गण्डकी प्रदेशमा २६ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १६ हजार ९ सय ३३ पुगेको छ ।थपिएका संक्रमितमा कास्कीका २३ जना र नवलपुरका ३ जना रहेका छन् ।

मध्यविन्दु जिल्ला अस्पताल, नवलपरासी पूर्व र पोखराको लाईफ केयर एण्ड डायग्नोस्टिक प्रा.लिमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार हाल प्रदेश मा ४ सय १९ सक्रिय संक्रमित रहेका छन् । भने ३ सय ८३ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेशमा ३३ जना कोरोनामक्त भए ।

संक्रमणबाट सबैभन्दा बढी कास्की जिल्लाका संक्रमितको मृत्यु भएको छ । हाल सम्म कास्कीका ११५ संक्रमितले संक्रमणबाट ज्यान गुमाएका छन् । कास्कीमा हाल ३ सय ३० संक्रिय संक्रमित रहेका छन् । हालसम्म संक्रमित भएका ८ हजार ५ सय ७५ संक्रमित मध्ये ८ हजार १ सय ३० संक्रमित निको भएका छन् ।

यस्तै धेरै संक्रमितको मृत्यु हुनेमा तनहुँ दोस्रो स्थानमा रहेको छ । यो जिल्लाका २५ संक्रमितको मृत्यु भएको छ । तेस्रो स्थानमा नवलपरासी पूर्व रहेको छ । यहाँका २२ संक्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म स्याङ्जाका १७,गोरखाका ९, बागलुङका ८, लमजुङका ५, पर्वतका ३, म्याग्दीका ३ संक्रमितले देशका विभिन्न अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका छन् ।

हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या हाल सम्म शुन्य रहेको छ ।

गण्डकी प्रदेशमा अहिलेसम्म एक लाख ३७ हजार ८ सय २६ जनाको परीक्षण भएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.