www.tandavnews.com
Fact ~ In search of truth

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

नयाँदिल्ली ।

भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड संक्रमितको संख्या तिव्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गर्नु भएको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड संक्रमितको संख्या एक लाख बढी छ ।

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा भएको बताएका छन्

भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकाँक्षी योजना छ । तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तिब्रता दिएको छ । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.