www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रिपरिषद निर्णय : वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द

सरकारले वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले वैशाखभर शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको हाे ।

यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

यस्तै, बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

Batas

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.