www.tandavnews.com
Fact ~ In search of truth

परम्परा तोड्दै नवनियुक्त न्यायाधीशहरूले लिए सपथ

काठमाडौं
ताण्डव न्यूज ।

सर्वोच्च अदालतका दुई नवनियुक्त न्यायाधीशहरू नहकुल सुवेदी र कुमार चुँडालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा गएर गराउने सपथको परम्परा तोड्दै सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराले दुवै न्यायाधीशलाई सपथ गराएका हुन् । सपथलगत्तै दुवै न्यायाधीशलाई आजैबाट इजलाससमेत तोकिएिको छ ।

Batas

सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक अंगका पदाधिकारी, संवैधानिक आयोगका पदाधिकारी, राष्ट्र बैंकका संचालकलगायत अधिकांस पदाधिकारीलाई प्रधानन्यायाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने बाहेकका सपथ अब प्रधानन्यायाधीशले सर्वोच्च अदालतमै गराउने श्रोतले जनाएको छ ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.