www.tandavnews.com
Fact ~ In search of truth

१६ गतेदेखि काठमाडौंमा निषेधाज्ञा , औपचारिक निर्णय आउन बाँकी

काठमाडौं ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुने भएको छ ।

काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच आइतबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको थियो । सोही अनुरुप कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

Batas

यससम्बन्धि औपचारिक निर्णय भने आइसकेको छैन । स्रोतको अनुसार १६ गतेदेखि निषेधाज्ञा लगाउने निर्णय भएको हो, ‘स्थानीय प्रशासन ऐन २०२८ अनुसार यो अधिकार प्रमुख जिल्ला अधिकारीलाई छ, केही समयपछि निर्णय सार्वजनिक हुनेछ ।

स्रोतको अनुसार वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुनेछन्। सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ।

एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्।अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.