www.tandavnews.com
Fact ~ In search of truth

२० मिनेटका लागि स्थगित गण्डकी प्रदेशसभाको बैठक अझै सञ्चालन हुन सकेन

पोखरा ।

गण्डकी प्रदेशसभाको आजको बैठक सत्तापक्षकै सदस्यको अवरोधपछि स्थगन भएको छ ।

बैठकका शुरुमा नै नेकपा(एमाले)का सदस्य राजीव पहारीले कोरोना महामारीको भयावह हुँदा सभासद्को पिसिआर परीक्षण नभई बैठक सञ्चालन गर्न नहुने माग गरेका थिए । अवरोधपछि २० मिनेटका लागि स्थगित प्रदेशसभाको बैैठक अझै सञ्चालन हुन सकेको छैन ।

Batas

बैठक सञ्चालन सम्बन्धमा कार्यव्यवस्था परामर्श समितिको छलफल चलिरहेको छ । कास्कीमा बुधबारदेखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आइतबार मात्रै अविश्वासको प्रस्ताब टेबुल भई सोही विषयमा छलफल हुने कार्यसूची थियो । रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.