www.tandavnews.com
Fact ~ In search of truth

जलेर बालकको मृत्यु

जलेश्वर ।

महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आकाशकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ९ बजेको समयमा श्रवणको घरमै रहेको भुइँमा लगाइएको ओछ्यानमा बालक आकाश सुतिरहेको अवस्थामा ओछ्यान नजीकै बालेर राखिएको दियो बालकले हातगोडा चलाउँदा लडेर ओछ्यानमा आगो सल्किन गई बालकको शरीरको दाहिने भाग जलेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि गए राति नै प्रादेशिक अस्पताल जनकपुर लगिएकामा आज बिहान उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

रासस

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.