www.tandavnews.com
Fact ~ In search of truth

प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन बिहिबार हुने

पाेखरा
राजाराम पौडेल ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते बिहिबार पोखरामा हुने भएको छ । साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सूरु हुने अधिवेशनको तयारीलाई तिव्रता दिइएको अध्यक्ष सुष्मा पौडेलले जानकारी दिइन् ।

प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको अध्यक्ष पौडेलको भनाई छ । ‘प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशन बिहिबार हुँदैछ, अधिवेशनको तयारीमा तिव्रता दिदैं भव्य बनाउने प्रयास गर्दैछौं’ अध्यक्ष पौडेलले भनिन् ।

Batas

अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन् ।

गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

बहुदलिय लोकतान्त्रिक परिपाटीको प्रवद्र्धन, खोजपूर्ण, व्यवसायिक एवं अनुसन्धानमुलक पत्रकारिता सम्बद्ध क्रियाकलापहरुको सञ्चालन, पेशागत सिप र पत्रकारको वृत्ति विकासमा सहयोग पु¥याउने कार्यमा प्रेस चौतारी नेपाल सधैं अग्रपंत्तिमा रहने गरेको छ । यो संगठन श्रमजीवि पत्रकारको हित रक्षाको लागि निरन्तर क्रियाशिल रहदै आएको छ ।

२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ ।

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.