www.tandavnews.com
Fact ~ In search of truth

पोखराका ५ सहित कोरोनाबाट गण्डकीमा थप ८ जनाको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा कोरोना संक्रमण रहेको अवस्थामा थप आठ जनाको मृत्यू भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा थपिएका ८ जनासँगै कोरोना पोजेटीभ रहेको अवस्थामा मृत्यू भएकाहरुको संख्या दुई सय ३१ पुगेको जानकारी दिइएको छ ।

Batas

थपिएकामा कास्कीको पोखरा महानगरपालिका–१६ का ७७ वर्षिय पुरुष रहेका छन् । वैशाख १६ गते मात्र संक्रमणको पुष्टि भएपछि होम आइसोलेसनमा रहेका ती पुरुषको आईतवार दिउसो मृत्यू भएको हो ।

यस्तै कास्कीकै पोखरा महानगरपालिका–२६ की ५८ वर्षिया महिलाको पनि मृत्यू भएको छ । वैशाख १५ मा संक्रमणको पुष्टि भएपछि उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको आईतवार बिहान मृत्यू भएको हो ।

पर्वतको कुस्मा नगरपालिका–५ की ७६ वर्षिया महिलाको पनि उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यू भएको छ । वैशाख १७ गते मात्रै कोरोना संक्रमणको पुष्टि भएकी ती महिलाको शनिवार बिहान मृत्यू भएको हो ।

यस्तै दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यू भएको छ । ती पुरुषमा वैशाख १७ गते संक्रमणको पुष्टि भएकोमा शनिवार बिहान निधन भएको हो ।

निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका–१६ का ७३ वर्षिय महिलाको शनिवार दिउसो मेडिप्लस अस्पतालमा मृत्यू भएको हो । वैशाख १२ गते संक्रमणको पुष्टि भएपछि उनलाई उपचारको लागि अस्पतालमा राखिएकोमा शनिवार दिउसो मृत्यू भएको हो ।

सोही अस्पतालमा नै पोखरा महानगरपालिका–१० की अर्की एक महिलाको पनि मृत्यू भएको छ । वैशाख १६ गते संक्रमणको पुष्टि भएकोमा शनिवार साँझ ती पुरुषको मृत्यू भएको हो ।

यस्तै पोखरा महानगरपालिका–१९ का ५४ वर्षिय पुरुषको पनि मृत्यू भएको छ । शनिवार संक्रमणको पुष्टि भएकोमा शनिवार साँझ नै उपचारको क्रममा उनको गण्डकी मेडिकल कलेजमा मृत्यू भएको हो ।

मृत्यू हुने अर्का एक जना रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का ७५ वर्षिय पुरुष रहेका छन् । वैशाख ९ गते संक्रमणको पुष्टि भएकोमा उनलाई उपचारको लागि मेडिप्लस अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा ती पुरुषको आईतवार बिहान मृत्यू भएको हो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.