www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-२१ कोभिडः सहयोग समिति संयोजकमा गिरी

पोखरा
ताण्डव न्युज ।

पोखरा महानगरपालिका–२१ मा वडास्तरीय सहयोग उपसमिति गठन भएको छ । कोभिडको वेला सहयोग संकलन गर्ने उदेश्यले आइतबार बसेको सर्वदलीय बैठकले संयोजक अर्जुन गिरीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा कृष्ण बहादुर थापा, केवल गिरी, खेमबहादुर ठकुरी र सीता देवी विक चयन भएका छन् । गठित उपसमितिले स्वास्थ्य महामारीका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन तथा सहयोग गर्ने वडा नम्बर २१का वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । गठन भएकै दिन वडा अध्यक्ष खगराजले नगद १० हजार संयोजक गिरीलाई हस्तान्तरण गरे ।

Batas

समिति संयोजक गिरीले स्थानीय स्तरदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट सहयोग संकलन गरिने जानकारी दिए । उनले वडा नम्बर २१ मा कोभिड १९ रोकथाम र उपचारका लागि सबैभन्दा प्रभावकारी काम गर्नुपर्ने चुनौती आफूहरु सामु रहेको पनि बताए ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.