www.tandavnews.com
Fact ~ In search of truth

आर्ट अफ लिभिङ गण्डकीको रक्तदानमा १ सय २ युनिट संकलन

सुशान्त गाहा मगर
पोखरा, ताण्डव न्यूज ।

आर्ट अफ लिभिङ नेपाल गण्डकी प्रदेशको आयोजनामा सम्पन्न रक्तदानमा १ सय २ युनिट संकलन भएको छ ।

गुरु रबिशंकरको ६३ औं जन्मोत्सबको अवसरमा लेकासाईडमा आज (आईतबार) आयोजित रक्तदानबाट १ सय २ यनिट संकलन भएको हो ।

Batas

नेपाल पत्रकार महासँघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले आर्ट अफ लिभिङ नेपाल गण्डकी प्रदेशका अभियन्ता लव भुजेललाई ब्लडब्याग हस्तान्तरण गरि रक्तदानको शुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै श्रेष्ठले बिशेषगरी युवा लक्षित कार्यशाला गर्दै आएका अभियन्ताहरुले रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको भन्दै प्रशंसा गरे । उनले रक्तदान –महादान, महादान –जिवनदान भन्दै रक्तदान गर्न सबैमा आग्रह गरे ।

मावन जिवनमा रगतको अतिआवश्यक रहेको बताउदै कसैको जिवन बचाउनको लागि एक युनिट रगतको मात्रै पनि ठुलो महत्व रहने उल्लेख गरे । त्यस्तै आर्ट अफ लिभिङ नेपाल गण्डकी प्रदेशका संयोजक नरेश भट्टराईले रक्तदान गर्न पछि हट्न नहुने भन्दै रक्तदान गुर्न आफैको लागि समेत फाईदाजनक रहेको बताए ।

उनले समय समयमा रक्तदान गर्नु स्वास्थ्यको लागि राम्रो हुने भन्दै आफु पनि समय अनुकुल रक्तदान गर्दे आएको बताए । “ तपाईको एक युनिट रगतले कसैको जिवन बच्छ भने तपाई किन पछि पर्नुहुन्छ, त्यसैले पुण्य कमाउनुस, रक्तदान गर्नुस्” उनले भने ।

रक्तसञ्चार केन्द्र रामघाटको प्राबिधिक सहयोगमा सम्पन्न उक्त रक्तदानमा पर्यटन ब्यवसायी , समाजसेवी तथा युवा नेता लगायत प्रशिक्षकहरुले रक्तदान गरेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.