www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः विशेष अधिवेशनमा सहमती खोज्न आज सर्वदलीय बैठक बस्दै

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन थप अन्यौल बनेको छ । एकाएक सभामुख हराएको भन्दै यहि वैशाख १५ गते स्थगित भएको अधिवेशन सुरु हुने अझै टुंगो लाग्न सकेको छैन । अधिवेशनका लागि आज सर्वदलीय बैठक आह्वान गरिएको छ ।

स्थगित भएको विषेश अधिवेशन बोलाउने विषयमा सोमबार संसद सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पनि ठोस निर्णय गर्न नसक्दा बैठकको टुंगो लगाउन सर्वदलीय बैठक बस्न लागेको हो ।

Batas

सभामुख नेत्रनाथ अधिकारीले मंगलबार दलका नेताहरुलाई सर्वदलीय बैठकमा बोलाउने कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको नेकपाका प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिए ।

सभामुखले गल्ती गरेको भन्दै अधिकारीले संसदीय दलका नेताहरुलाई डाकेर बैठक बसेपछि त्यसबाट आएको निर्णयको आधारमा मात्र स्थगित भएको विषेश अधिवेशनको बारेमा टुंगो लाग्ने जनाए ।

बैठक अहिले ३ं बजे संसद सचिवालयमा बस्ने बताईएको छ । यसअघि हिजोको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव छलफलमा गइसकेपछि सभामुखले प्रदेशसभा स्थगित गर्न नमिल्नेमा स्थगतिको निर्णय गर्नु गम्भीर गल्ती भएको बताए ।

सभामुखले कानुनी आधार नदिएसम्म संसद चल्न नसक्ने उनको भनाई छ । बैठकमा विपक्षी दलहरु नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका रामजी बराल र जनता समाजवादी पार्टीका हरिशरण आचार्यले संसद सञ्चालन गर्नुपर्ने भनाइ राखेका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले भने राष्ट्रिय जनमोर्चाले आफ्नो सांसद खोजीका लागि निवेदन दिएकाले संसद स्थगित गर्नुपर्ने अवस्था रहेको भन्दै आफ्नो बचाउ गरेका थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा अविश्वास प्रस्ताव पारित हुन ३१ मत आवश्यक पर्छ । जनमोर्चाका ३ सांसद सत्ता जोगाउने वा नयाँ सरकार परिवर्तन गर्ने त्यसको चाबी चनमोर्चाको हातमा रहेको छ । प्रदेश सभामा नेकपा एमालेका २७, १ स्वतन्त्र, कांगे्रसका १५, माओबादी केन्द्रका १२, जसपाका २, जनमोर्चाका ३ जना सांसद रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.