www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा निर्वाचनमा बादलका प्रतिद्वन्द्वी एमालेकै डा.देवकोटा

काठमाडौं,
ताण्डव न्यूज ।

रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि रामबहादुर थापा बादल र डा.खिमलाल देवकोटाबीच प्रतिष्पर्धा हुने पक्का भएको छ ।

विपक्षी गठबन्धनले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने तय भएसंगै दुईजनाबीच प्रतिष्पर्धा हुने भएको हो ।
माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले दिएको जानकारी अनुसार देवकोटालाई काँग्रेस माओवादीको समर्थन जुटाएर नेकपा एमालेको खनाल–नेपाल पक्षबाट अघि सारिएको हो ।

Batas

लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ काँग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमतिपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको नेता शर्माले बताए ।

देवकोटालाई उम्मेदवार बनाउन काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीच छलफल भएको शर्माले जानकारी दिए । छलफलको निष्कर्ष बमोजिमम देवकोटा विपक्षी गठबन्धनको साझा उम्मेदवार बनेका हुन् ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पदमुक्त गरेको थियो । एमालेको ओली पक्षले भने थापालाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका जानकार हुन ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.