www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओलीले अकस्मात बोलाए मन्त्रीपरिषदको बैठक

काठमाडौं ,
ताण्डव न्यूज ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रीपरिषद बैठक डाकेका छन् ।

आज साँझ ५ बजेका लागि बैठक डाकेको एमालेका एक मन्त्रीले जानकारी दिए । यसअघि आजमात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक आह्वान गरेका थिए ।

Batas

उक्त बैठकमा राष्ट्रियसभाको बाग्मती प्रदेशको उपनिर्वाचन र आफूले लिने विश्वासको मतबारे छलफल भएको थियो । लगत्तै, प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा के विषयमा छलफल गर्ने भन्नेबारे एजेण्डा तय भएको छैन । तर, कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक निर्णय हुनसक्ने बताईएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.