www.tandavnews.com
Fact ~ In search of truth

पोखराका सफल व्यवसायी एवम् समाजसेवी कृष्णमान गुभाजुको निधन

पोखरा,
ताण्डव न्युज ।

पोखराका सफल व्यवसायी एवम् समाजसेवी कृष्णमान गुभाजुको निधन भएको छ ।

पोखराका लोकप्रिय व्यक्तित्व गुभाजुको कोरोना संक्रमणका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

Batas

एक हप्ताअघि कोरोनाबाट संक्रमित बनेका गुभाजुको भक्तपुरस्थित भक्तपुर इन्टरनेशनल हस्पिटलमा उपचारको क्रममा हिजो बिहीवार निधन भएको हो । उनी भर्खर ६१ वर्षको उमेरका थिए ।

पोखरास्थित कृष कञ्चन ज्वेलर्सका सञ्चालक कृष्णमानका श्रीमती सरिता गुभाजु, दुई छोराहरु समीरमान र आयुषमान गुभाजु छन् ।

उनी नेपाली कांग्रेस पोखरा २ का पूर्वसभापति, धर्मशिला बुद्ध बिहार पोखरा दायकसभाका निवर्तमान अध्यक्षसमेत हुन् । साथै स्व. गुभाजु रोटरी क्लव अफ पोखरा अन्नपूर्णका पूर्वअध्यक्ष, वल्र्ड पिस प्यागोडा कमिटीका सचिव, छुनुमुनु पव्लिकशेनका निर्देशक, नेपाल सुनचाँदी डिलर एशोसिएशनका सल्लाहकार समेत हुन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.