www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा उपचार गराइरहेका थप ३ संक्रमितले गुमाए ज्यान

पोखरा,
ताण्डव न्यूज ।

पोखरामा उपचार गराइरहेका विभिन्न जिल्लाका ३ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको नवौँ विज्ञप्ति अनुसार पोखरामा उपचार गराइरहेका म्याग्दी, रुपन्देही र दाङका संक्रमितको मृत्यु भएको हो ।

Batas

म्याग्दीको बेनी गाउँपालिका २ का ७३ वर्षीय कोरोना संक्रमित पुरुषको आज दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा वैशाख २० कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

यस्तै मणिपालमै उपचार गराइरहेका दाङको लमही नगरपालिका ५ का ४४ वर्षीय कोरोना संक्रमित महिलाको पनि आज मृत्यु भएको छ । उनमा वैशाख २३ अर्थात हिजो मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै ज्यान गुमाउनेमा अर्का बुटवल उपमहानगरपालिकाका ३२ वर्षीय संक्रमित पुरुष रहेका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा हिजो साँझ ज्यान गएको हो । उनमा अस्ति –वैशाख २२ गते संक्रमण पुष्टि भएको थियो ।

यसअघि पोखरामा उपचाररत र होम आइसोलेसनमा बसेका गरि गण्डकी प्रदेशमा ४ जनाले ज्यान गुमाएका थिए ।
यो सँगै गण्डकी प्रदेशका र अन्य प्रदेशका तर पोखरामा उपचार गराइरहेका गरि आज ७ जनाले ज्यान गुमाएका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.