www.tandavnews.com
Fact ~ In search of truth

कास्कीका १६१ सहित गण्डकीमा थपिए २४७ संक्रमित

पोखरा
ताण्डव न्यूज ।

कास्की जिल्लामा १ सय ६१ सहित गण्डकी प्रदेशमा २ सय ४७ जना कोरोना भाइरस(कोभिड १९) संक्रमित थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको अद्यावधिक विवरण अनुसार ५ सय एक जना व्यक्तिको पीसीआर परिक्षण हुँदा २ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा धेरै कास्कीकै छन् ।

Batas

त्यस्तै नवलपरासी पूर्वमा ४५ बागलुङमा ३६ , तनहुँमा १८ , पर्वतमा ५, म्याग्दीमा ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङजामा ३ र गोरखाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । प्रदेशका लमजुङ मुस्ताङ र मनाङमा भने संक्रमित नभेटिएको जनाईएको छ । थप भएका संक्रमितको संख्या समेत जोड्दा गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या २२ हजार ५ सय ३० पुगेको निर्देशनालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

प्रदेशमा अहिले ४ हजार ७२८ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.