www.tandavnews.com
Fact ~ In search of truth

लुम्बिनी प्रदेशः दर्ता भयो मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव

रूपन्देही,
ताण्डव न्यूज ।

दोश्रो पटक पुनः नियुक्त भएका लुम्बीनीका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

राजीनामा दिएर एमालेको एकल बहुमतको दावीसहित पुनः मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेल विरुद्ध दोश्रोपटक अविश्वास प्रस्ताव दर्ता भएको हो ।
७९ जना सांसद रहेको प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाका गरी विपक्षी ४० सांसदहरूले पुनः अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

Batas

माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी, कांग्रेस प्रमुख सतेक फकुरूदिन खानलगायतले प्रदेशसभा सचिव दुर्लभ पुनलाई अविश्वास प्रस्ताव बुझाएको सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख १९ गते विशेष अधिवेशन बोलाएर अन्त्य भइसकेको छ । पोखरेलविरुद्ध यसअघि पनि अविश्वास प्रस्ताव दर्ता दर्ता भएको थियो ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.