www.tandavnews.com
Fact ~ In search of truth

चेपुवामा एमाले सांसदहरुःमाधव नेपाल पक्षका नेताहरु राजीनामा गर्न आनाकानी गर्दै विद्रोहमा

काठमाडौं,
ताण्डव न्यूज ।

ठूला नेताहरुबीचको टकरावले एमालेका नेता तथा सांसदहरु चेपुवामा परेका छन् ।

अमुल्य मत दिएर जनताले चुनेका सांसदहरु नेतृत्वको स्वार्थ अनुसार चल्नुपर्ने अवस्था आएको भन्दै केही सांसदहरुले विद्रोह समेत थालेका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेपाल–खनाल समूहबीचको द्वन्द्वका कारण जनप्रतिनिधिहरु राजीनामा दिनुपर्ने अवस्थामा आएपछि सांसदहरु विद्रोह गर्ने अवस्थामा पुगेका हुन् ।

Batas

प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्नुअगावै राजीनामा दिने तयारी भैरहेका बेला नेपाल समूहका नेता तथा सांसद सुरेन्द्र पाण्डे, गंगा चौधरी, हिराचन्द्र केसी लगायले राजीनामा नदिने बताएका छन् ।

राजीनामा नदिने सांसदहरुको संख्या बढ्दै जाँदा नेपाल समूहलाई धक्का लाग्ने भएको छ । प्रधानमन्त्री ओली सोमबार संसदबाट विश्वासको मत लिँदैछन् । तर, उनकै पार्टीका नेपाल–खनाल समूहले भने विश्वासको मत नदिनका लागि सांसद पदबाटै राजीनामा दिने निर्णय गरेको हो । तर, यस निर्णयलाई सांसदहरुले अवज्ञा गर्ने उद्घोष गरिसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.