www.tandavnews.com
Fact ~ In search of truth

संक्रमणमुक्त भए एमाले नेता झलनाथ खनाल

काठमाडौं ।

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ संक्रमणमुक्त भएका छन् । नर्भिक इन्टरनेशल अस्पतालमा संक्रमित भई उपचाररत उनी आइतबार साँझ संक्रमणमुक्त भएका हुन्।

उनका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उनमा संक्रमण नदेखिएको बताए। उनका अनुसार संक्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहने छन ।

Batas

संक्रमति भएपछि यही वैशाख १८ गते अस्पतालमा भर्ना भएका पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य सुधारोन्मुख रहेको स्वकीय सचिव भट्टराईले जानकारी दिए ।रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.