www.tandavnews.com
Fact ~ In search of truth

५ मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाडौं,
ताण्डव न्यूज।

प्रतिनिधिसभा बैठक ५ मिनेट मात्र बसेर स्थगित भएको छ ।

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो । यस्तै बैठकमा शहीदहरूप्रति श्रद्धान्जली दिँदै १ मिनेटको मौनधारण पनि गरिएको थियो ।

अर्को बैठक अहिले १५ मिनेटपछि बस्नेछ । अब बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको सन्दर्भमा छलफल र मतदान हुनेछ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.