www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी अपडेटः पोखरामा उपचाररत स्याङ्जाका २ संक्रमितको मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा फेरि थप २ संक्रमितले ज्यान गुमाएका छन् ।

पोखराका विभिन्न अस्पतालमा उपचाररत थप २ संक्रमितको मृत्यु भएको हो ।मृत्यु हुनेमा दुवै संक्रमित स्याङ्जाका रहेका छन्।

Batas

स्याङ्जाको वालिङ नगरपालिका १ की ६४ वर्षीय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

यस्तै मणिपालमा उपचार गराइरहेकी स्याङ्जा हरिनास गाउँपालिका ४ का ५५ वर्षीय संक्रमित पुरुषको पनि ज्यान गएको छ ।
यो सगै गण्डकी प्रदेशमा संक्रमणबाट ज्यान जानेको संख्या २७५ पुगेको छ ।

यसअघि गण्डकी प्रदेशमा ८ संक्रमितले ज्यान गुमाइसकेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.